मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गयो

३ मंसिर २०७६, मंगलवार ११:४८

सल्यान , सल्यानको श्रीनगरबाट दाङ जाँदै गरेको रा ४ प २४२४ न मोटरसाइकलले ठक्कर दिदा शारदा नगरपालिका ९ की ८० वर्षीया बालिका विष्टको ज्यान गएको हो । सोमबार छत्रेश्वरी गाउँपालिका ६ लान्तिबजारमा बाटो काट्ने क्रममा वृद्धालाई मोटरसाइकलले ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घाइते विष्टको नेपालगञ्जमा उपचारको क्रममा ज्यान गएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।