तुलसीपुरबाट विप्लव समूहका एक जना कार्यकर्ता पक्राउ

३ मंसिर २०७६, मंगलवार ११:४७

दाङ, तुलसीपुरबाट विप्लव समूहका एक जना कार्यकर्ता पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ निवासी २६ वर्षीय ठाकुरप्रसाद विक पक्राउ परेको प्रहरीले जनाएको छ ।

विक विप्लव माओवादीका दलित मुक्ति मोर्चा दाङका उपाध्याक्ष हुन् ।

दाङको तुलसीपुर उपमहानगरपालिकामा लुकीछिपी हिँडिरहेको अवस्थामा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।