
दोलखा , दोरम्बा डढुवामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा झोरमन गाँउका भीमबहादु श्रेष्ठको अन्दाजि ११ बर्षिय छोरी दिलकुमारी श्रेष्ठ र गणेश श्रेष्ठको छोरी अन्दाजी ७ बर्षिय सुवानी श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ८ बाट दोरम्बाको दहपताल जाँदैगरेको बलेरो डढुवामा दुर्घटना भएको जनाइएको छ ।
