
काठमाडौं , धनगढी उपमहानगरपालिका ३ बोराडाँडाका ३४ वर्षीय मनोज पडाल गैरसरकारी संस्थाको जागिर छाडेर च्याउ खेतीमा लागेका छन् । ६ वर्षअघि गैरसरकारी संस्थाका जागिरे रहेका पडालले स्नात्तोकत्तरसम्मको पढाई पूरा गरेका छन् ।
अध्ययन र जागिरलाई एकैसाथ अघि बढाएका पडालले गैरसरकारी संस्थामार्फत गाउँ जाँदा अरुलाई स्वरोजगार बन्न् तालिम दिन्थे । जागिरे जिवनभन्दा व्यवसायिक जीवनले सफलता दिलाउने सुझाव दिन्थे । तर लामोसमय यसरी अरुलाई सुझाव दिँदै हिंड्ने पडालले अरुलाई दिने सुझावले आफूलाई चाहीँ गिज्याउने गरेको भन्दै किन आफै केहि नगर्ने रु भन्ने लागेर च्याउ खेतीमा लागेँ, उनले भने ।
पडालले ५० हजार लगानीमा एक टहराबाट सुरु गरेको व्यवसाय अहिले धनगढिका विभिन्न ३ ठाउँमा र कैलालीको पहाडी गाउँ चुरेमा विस्तार गरेका छन् । यो समाचार अन्नपूर्णमा छ ।
