अभिनेता विपीन कार्की बाबु बने

२ मंसिर २०७६, सोमबार १०:१२

काठमाडौं , अहिलेका चर्चित अभिनेता विपीन कार्की बाबु बनेका छन् । उनको पहिलो सन्तानका रूपमा छोरीको जन्म भएको छ ।

अभिनेता विपीनले आफ्नो परिवारमा बेबी गर्ललाई स्वागत गर्न पाउँदा आफूलाई निकै ठूलो भाग्यमानी अनुभूति गरिरहेको उल्लेख गरेका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा छोरीलाई काखमा राखेको तस्बिर पोस्ट गर्दै विपीनले लेखेका छन्, ‘उनी हाम्रो प्रेमको पहिलो सन्तानका रूपमा उत्पादन भएकी छन् । यसले हामीलाई कृतज्ञ बनाएको छ ।’

पछिल्लो समय उनी धेरै निर्माता निर्देशकको पहिलो रोजाइका नायक बनेका छन विपीन कार्की अहिले ‘सेल्फी किङ’ चलचित्रको सुटिङका क्रममा छन् ।