निकै महंगो मूल्यमा बिक्रि भइरहेको कालो रङको स्याउ

१ मंसिर २०७६, आईतवार १६:५१

एजेन्सी , रातो र हरियो स्याउ त तपाईले देख्नु भएकै छ । तर के तपाइले कालो स्याउ देख्नु भएको छ । हाम्रो देशमा रातो, सेतो र हरियो स्याउ फल्ने गर्छ । तर कालो स्याउ भने फल्ने गर्दैन । तर चीनमा भने कालो स्याउ फलेको छ । निकै दुर्लभ कालो रंगको स्याउ चीनको तिब्बतमा फलेको छ । चिनिया समाचारका अनुसार कालो रंगको स्याउ तिब्बतका पहाडी क्षेत्रमा फलाइएको छ ।

ब्लाक डायमान्ड जातको यो स्याउ निकै दुर्लभ स्याउ मानिएको छ । यो स्याउको रङ गाढा बैजनी र झ्वाट्ट हेर्दा कालो देखिने हुन्छ । पछिल्लो समयमा सामाजिक संजालमा यो अनौठो रंगको स्याउको तस्विरहरु भाइरल बनिरहेको छ । चीनमा हुआ नियु भनिने स्याउ समुद्री सतहबाट ३१ सय मिटरको उचाईमा पाइने गरिन्छ । यो स्याउ अहिले निकै महंगो मूल्यमा बिक्रि भइरहेको बताइएको छ ।