सुनको मूल्य, प्रतितोला ७२ हजार पुग्यो

२८ कार्तिक २०७६, बिहीबार ११:४१

काठमाडौं , सुनचाँदीको मूल्य पछिल्लो साता बढ्न थालेको छ । आइतबार एकैपटक ११ सयले बढेको सुनको मूल्य बिहीबार आइपुग्दा तोलाको ७२ हजार पुगेको छ ।

अघिल्लो साता तोलाको ७० हजारमुनि आइपुगेको सुनको मूल्य बिहीबार ६ सयले बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन ६ सय र चाँदी १० रुपैयाँले बढेको हो ।
छापावाला सुन बिहीबार ६ सयले बढेर ७२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
विवाहको महिना मंसिर नजिकिँदै गरेकाले पनि सुनचाँदीको मूल्य बढेको हो ।