कपालमा चायाँ परेको छ भने अब यसो गर्नुहोस्

२७ कार्तिक २०७६, बुधबार ११:४४

मौसममा बाताबरणीय परिवर्तन सगै आउने जाडो मौसमलाई सुख्खा मौसम भनिन्छ । बाताबरणीय परिवर्तनले गर्दा हाम्रो शरीरको बाहिरी आवरणमा पनि थोरै फेरवदल आउँछ । छाला सुख्खा तथा फुस्रो हुने गर्छ भने कतिपयको त कपालमा चाँया समेत देखिन थाल्छ ।

चायाँ हटाउने घरेलु टिप्स यस्ता छन।
एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाइ करिब दुई घन्टापछि धुने । यो प्रक्रिया केही दिन लगातार गरेमा चायाँ निको हुँदै जान्छ ।
कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँने गर्नाले पनि चाँया हटाउन मद्दत गर्छ ।
अमला र रिट्ठा मिसाएर कपालको जरासम्म लगाउने र यसको दुई घन्टापछि सफा पानीले धुने गरेमा पनि चायाँ हट्छ ।
नुहाउनुभन्दा एक घन्टा अगाडि कागतीको रसले टाउको मालिस गरेमा चायाँको समस्याबाट मुक्ति पाउन सकिन्छ ।
अन्य ब्यक्तिले प्रयोग गरेका ब्रस, तकिया, काईंयो सकेसम्म प्रयोग नगर्ने ।
अण्डा फुटाएर कपालमा राम्रोसँग लगाउने र एक घण्टा पछि त्यसलाई पखाल्ने गर्नाले चाँयाबाट मुक्ति पाउन सकिन्छ । यसमा हल्का सेम्पु प्रयोग गर्न सकिन्छ ।
धूलो, धूँवा र अत्याधिक घाममा हिँड्दा टाउको छोपेर हिड्ने गर्नु पर्दछ । जसले गर्दा टाउकोमा फोहर जम्मा हुन पाउँदैन र चाँया पर्ने सम्भावना कम हुन्छ ।