लौह पुरुष सिंहको १०५ औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

२४ कार्तिक २०७६, आईतवार १०:४१

काठमाडौं , लौह पुरुष गणेशमान सिंहको १०५ औं जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

दिउँसो १ बजे ज्ञानेश्वरमा स्मृति सभा गर्ने तयारी रहेको छ । बिहान शोभा भगवतीमा रहेको सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।

यस्तै, साँझ ५ बजे विद्यार्थी संघले शान्ति बाटिका रत्नपार्कमा द्विप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । सिंहले विपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गर्नु भएको थियो ।

राणा कालको अन्त्य तथा प्रजातन्त्रको वहालीका लागि सिंहको योगदान अतुलनीय मानिन्छ । सिंह नेपाली राजनीतिका संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन् ।