
१ चुरोट सुर्ती गुट्खा र खैनी नखाने ।
२ दैनिक ३० मिनेट छिटो छिटो हिंडने व्यायाम गर्ने योग गर्ने ।
३ हरियो तरकारी र फलफुल प्रशस्त खाने । नुन चिनी र चिल्लो कम खाने ।
४ बालबालिकाको घाँटी दुख्दा, टन्सिल बढ्दा तुरुन्त औषधि गराउँने ।
५ मोटो शरीर भए तौल घटाउने ।
६ पीर चिन्ता नलिने । कसैसंग नरिसाउने । उत्तेजनामा नआउने ।
७ उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल आदि रोगलाई पालेर नराख्ने तुरुन्त उपचार गर्ने ।
८ दैनिक ६ देखि ८ घण्टा सुत्ने ।
९ अरुलाई सहयोग गर्ने सामाजिक कार्यमा लाग्ने दान दिने ।
१० केही समस्या नभएपनि कम्तीमा बर्षको एक पटक नियमित रुपमा स्वास्थ्य परीक्षण गराउने ।नेपाली हेल्थबाट
