भरतपुर अस्पतालमा एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला

२३ कार्तिक २०७६, शनिबार १०:४८

चितवन , भरतपुर अस्पतालमा एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको छ । अस्पतालको मेडिसिन विभाग नजिकको भर्‍याङमा झुण्डिएको अवस्थामा लम्जुङका विष्णु सुनारको शव फेला परेको हो । उनी आफ्नो श्रीमतीको उपचार गराउन भरतपुर अस्पताल आएको बताइएको छ ।

लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर २ का स्थायी बासिन्दा सुनारको घाँटीमा सलको पासो छ । गएराति करिब ८ बजे उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

तीन महिना अगाडि सुत्केरी भएकी श्रीमतीलाई मुटुको तल्लो भागमा पानी जमेपछि उपचार गराउन कात्तिक १७ गते आफ्नो सासु सहित सुनार भरतपुर अस्पताल आएका थिए । प्रहरीले सुनारले आत्महत्या गरेको प्रारम्भिक निस्कर्ष निकालेको छ यद्धपी कारण भने खुलि नसकेको जनाएको छ । सुनारको शव अस्पतालको शवगृहमा राखिएको छ ।