तातोपानी पिउनुका फाइदाहरु

२२ कार्तिक २०७६, शुक्रबार १८:११

एजेन्सी , देशमा चिसोयाम सुरु भएको छ । आज हामी तातोपानी पिउनुका १० फाइदाबारे जानकारी दिँदैछौ‌ंः

१ सामान्य पानी जसरी मानिसको स्वास्थ्यको लागि आवश्यक पर्छ, त्यस्तै तातोपानी पनि स्वास्थ्यका लागि निकै आवश्यकता पर्छ तर तातोपानीले शरीरलाई निकै फाइदा पुग्छ ।

२ तातोपानीमा स्नान गर्नु थकाई मेटाउने निकै आरामदायी साधन हो । तातोपानीले छालालाई निखार्ने मात्रै होइन छाला सम्बन्धी विरामीलाई समेत तातोपानीले निकै फाइदा गर्छ ।

३ सबैलाई थाहा छ की तातोपानीले सौन्दर्य र स्वास्थ्य दुवैलाई फाइदा गर्छ । त्यसैमा गुलाब पानी मिसाएर विस्तारै आफ्नो शरीरमा लगायौं भने हाम्रो शरीरमा भएको दुखाईलाई समेत अन्त्य गरिदिन्छ ।

४ यदि तपाईं निकै मेहनत गर्नुहुन्छ र थकाई महशुष गर्नुहुन्छ भने, हल्कापन महशुस गर्नका लागि थकान घटाउनकालागि तातोपानी निकै लाभदायक हुन्छ ।

५ यदि तपाईं सधै मनतातोपानी सेवन गर्नुहुन्छ भने यसले तपाईंंलाई सधै फ्रेस देखिनुहुनेछ ।

६ तातोपानी पिउनाले वजन कम गर्न पनि निकै ठूलो भूमिका निर्वाह गर्छ । यसले रक्त सञ्चार ठिक तरिकाले गराउने काम समेत गर्छ ।

७ मनतातोपानीको साथै कागती र मह मिसाएर पिउनुभयो भने तपाईंको रोग प्रतिरोधक क्षमता निकै बढ्ने गर्छ ।

८ चिसो पानीलाई मृगौलाको लागि निकै हानिकारक मानिन्छ, मृगौलालाई राम्रो बनाउनको लागि हरेक दिन विहान र बेलुका एकएक पटक मनतातोपानी पिउनु उचित हुन्छ । यसले शरीरमा हुने दुर्गन्धलाई पनि हटाइदिन्छ ।

९ मनताता पानी हाड जोर्नीको दुखाई कम गर्न उपयुक्त हुन्छ । मनतातो पानी जोर्नीहरुबीचको घर्षण कम गर्न सहयोगी मानिन्छ । भविष्यमा हुने जोर्नी सम्बन्धी रोगलाई कम गर्ने जनाइएको छ । चिसो पानी भन्दा निकै गुण बढी फाइदा जनक तातोपानी हुने गरेको छ ।

१० स्वास तथा मृगौला सम्बन्धी रोगभएको व्यक्तिले चसो पानी पिउनु फाइदा जनक हुँदैन ।
अतः चिसो मौसममा चिसो पानी पिउनु हुँदैन । मन तातो पानी पिउनुहोस् भविष्यमा हुने रोगबाट बाँच्नुहोस् ।