पाकिस्तान अन्तिम टीट्वान्टी क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाविरुद्ध खेल्दै

२२ कार्तिक २०७६, शुक्रबार १३:२४

काठमाडौं , अस्ट्रेलिया भ्रमणमा रहेको पाकिस्तान तेस्रो तथा अन्तिम टी ट्वान्टी क्रिकेटमा आज घरेलु टोलीविरुद्ध खेल्दैछ ।

सिरिज बराबरी सकाउने लक्ष्यसहित पाकिस्तान तेस्रो तथा अन्तिम टीट्वान्टी क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाविरुद्ध खेल्न लागेको हो ।

पर्थ स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरू हुनेछ । यसअघिको दोस्रो टीट्वान्टी खेलमा ७ विकेटको जित निकाल्दै अस्ट्रेलियाले १.० को अग्रता बनाएको छ ।

पहिलो टीट्वान्टी खेल भने वर्षाका कारण रद्ध गरिएको थियो । टीट्वान्टीपछि पाकिस्तानले टेस्ट क्रिकेट खेल्नेछ ।