अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तास सुखबाट वञ्चित हुनुपर्ने छैन ।
बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन् । बाहिर रहेका पतिलाई कैदी पत्नीसँग भेट्न छेकिने छैन ।
त्यतिमात्र होइन, गर्भवती महिला कैदीले ६० दिनसम्म बिदा लिन पाउनेछन् । सुत्केरी हुँदा उनीहरुलाई २ महिनासम्म परिवारसँग बस्न दिइनेछ । सरकारले यी दुई व्यवस्था समेटेर कारागार ऐन संशोधन विधेयक तयार पारेको छ ।
आउँदो हिउँदे अधिवेशनमा यो विधेयक पेश हुने समाचारमा उल्लेख छ । यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।