भारतले जारी गरेको नक्सा स्वीकार्य छैनः प्रचण्ड

२१ कार्तिक २०७६, बिहीबार १८:५०

पोखरा , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतले जारी गरेको नक्सा स्वीकार्य नभएको बताउनु भएको छ । पोखरामा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनु भएको हो । अध्यक्ष प्रचण्डले भन्नु भयो , ‘जुन खालको नक्सा सार्वजनिक गरिएको छ, त्यो नेपाललाई मान्य छैन ।’

भारतको नक्सामा नेपालको गम्भीर आपत्ति रहेको भन्दै उहाँले यसबारे सरकार पनि बोलिसकेको बताउनु भयो । नेपालको भौगोलिक अखण्डताबारे सिङ्गो राष्ट्र एक ठाउँमा उभिने भन्दै उहाँले भन्नु भयो, ‘राष्टिय अखण्डता, सार्वभौमसत्तामा कहि कतै सम्झौता गर्ने, लचिलो हुने भन्ने सवाल नै हुँदैन ।’

सरकारले पनि भारतीय नक्सा स्वीकार्य छैन भनिसकेकाले अब दुई देशबीच संवाद हुने बताउनु भयो ।