भारतीय नक्साविरुद्ध विद्यार्थी संघ संगठनको काठमाडौंमा प्रदर्शन

२० कार्तिक २०७६, बुधबार १८:०५

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा आवद्ध विद्यार्थी संगठन नेविसंघले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन ।
भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोमा आपत्ति जनाउँदै बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन ।

त्यसक्रममा उनीहरुले भारतले अतिक्रमण गरेका नेपालका सबै भूमि फिर्ता गर्न तत्काल कूटनीतिक पहल गर्न सरकारसँग खबरदारी गरेका छन्।
काठमाडौंको प्रर्दशनीमार्गस्थित आरआर क्याम्पसबाट सुरु भएको विरोध प्रर्दशन रत्नपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो। कोणसभालाई अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङले सम्बोधन गरेका थिए।
प्रदर्शनमा विद्यार्थी नेताहरुले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो हो, गो व्याक इन्डिया’ जस्ता भारत विरोधी चर्का नाराबाजी गरेका थिए।

भारतले हालै सार्वजनिक गरेको नक्सामा कालापानी, लिपुलेक लगायतका भूमि समावेश गरिएको छ।