अर्जुन र मलाईकाको विवाह क्रिश्चियन परम्परा अनुसार समुन्द्रको विचमा

२० कार्तिक २०७६, बुधबार १५:३३

मुम्बई, बलिउड नायिका नेहा धुपियाको च्याट शो ‘नो फिल्टर नेहा फो’ मा सहभागी मलाइका अरोराले अर्जुन कपुर र आफ्नो विवाह क्रिश्चियन परम्परा अनुसार हुने बताइन् । मलाईका अरोराले अर्जुन कपुरसंगको सम्बन्धवारे खुलेर कुरा गरेकी छिन् । ‘हाम्रो विवाह ह्वाइट वेडिंङ सेरोमनी क्रिश्चियन रिवाज अनुसार समुन्द्रको विचमा हुने छ ।’ मलाइकाले भनेकी छन ।

अर्जुन र मलाईका लामो समयदेखी सम्बन्धको कारण चर्चामा आइरहेका छन् । केही महिनाअघि मात्रै एक म्यागजिनसंग कुरा गर्दै अर्जुनले भनेका थिए ‘मलाई मलाइकाको साथमा बस्दा सहज महसुस् हुन्छ।