काठमाडौं ,फिल्म ‘लप्पन छप्पन २’को छायाँकन अहिले अस्ट्रेलियाको सिड्नीमा भइरहेको छ । छायाँकनरत समयमै अभिनेता दयाहाङ राइले आफ्नो व्यस्तता देखाउँदै केही दिन अगाडि फिल्म छोडेका थिए ।
अहिले यो फिल्ममा दुई नयाँ कलाकार भित्रिएको निर्माण युनिटले सार्वजनिक गरेको छ । फिल्ममा पुरानो अभिनेता शिव श्रेष्ठका छोरा शक्ति र सुपर गुरुङ भित्रिएका छन् ।
फिल्ममा शक्तिले पुलिसको र सुपरले ग्याङस्टरको भूमिका निर्वाह गरेको निर्माण युनिटले जानकारी दिएको छ ।
मुकुन्द भट्टको निर्देशन रहेको उक्त फिल्ममा सौगात मल्ल र अर्पण थापा, अनुप विक्रम शाही, केरोलिन कोलिन्डा, सृजना सिना लगायतको समेत फिल्ममा अभिनय देख्न सकिनेछ