
काठमाडौं ,नेपालका चर्चित युवा क्रिकेटर हुन् सन्दिप लामिछाने । छोटो समयमै बिश्वभर चर्चा कमाएका चर्चित युवा क्रिकेटर सन्दिप लामिछानेले हालै काठमाडौंको बुढानिलकण्ठमा एक बिशाल बंगला किनेका छन् । उनले उक्त आलिशान बंगला ६ करोड मुल्यमा किनेको बताइएको छ ।
इन्डियन प्रिमियर लिग खेल्ने पहिलो क्रिकेटर सन्दिप लामिछानेले ७ देशका ८ लिगमा ठुलो पारिश्रमिकमा अनुबन्ध भएका थिए भने हालै केहि समय अघि पनि क्रिकेटर सन्दिप डेढ करोड पारिश्रमिकमा द हन्ड्रेडमा अनुबन्ध भएका थिए । नेपालकै सबैभन्दा धेरै कमाउने चर्चित क्रिकेटर बनेका लामिछाने धेरैका फ्यान बनिसकेका छन् ।
