बलिउड अभिनेता गोविन्दा काठमाडौंमा

१९ कार्तिक २०७६, मंगलवार १७:५७

काठमाडौं, बलिउड अभिनेता गोविन्दा काठमाडौं आउनु भएको छ । वीरगञ्जमा हुन लागेको चलचित्र महोत्सवमा सहभागी हुन उहाँ मंगलबार अपराह्न काठमाडौं आउनु भएको हो ।
गोविन्दालाई महोत्सव आयोजक चलचित्र निर्माता संघले बोलाएको हो।चलचित्र महोत्सव वीरगञ्जमा बिहीबारबाट सुरु हुदै छ । महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ ।

आयोजकका अनुसार चार दिनसम्म चल्ने महोत्सवमा गोविन्दाले आफ्नो प्रस्तुति पस्किने बताइएको छ ।