
अर्घाखाँची , पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनकराज पन्थिलाई बिदाई गरिएको छ । २०७५ मंसिरमा गाउँपालिकाको प्रशासकिय अधिकृतका रूपमा आउँनुभएका पन्थी ११ महिना पाणिनिको बसाइँ पछि कपिलवस्तुको मायादेवी गाउँपालिकामा सरूवा हुनु भएको छ ।
त्यस्तै पाणिनि गाउँपालिकामा गुल्मीको छत्रकोटबाट प्रमुख प्रशासकिय अधिकृतको रूपमा आउँनुभएका मधुकृष्ण पौडेललाई स्वागत गरिएको छ ।
