पदमुक्त भए सातै प्रदेशका प्रमुख

१७ कार्तिक २०७६, आईतवार १८:११

काठमाण्डौ , सातै वटा प्रदेशका प्रदेश प्रमुखलाई सरकारले पदमुक्त गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पदमुक्त गर्नु भएको हो । संविधानको धारा १६५ को उपधारा १ (ख) बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको हो ।

प्रदेश १ प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ प्रमुख अनुराधा कोइराला, गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश ५ प्रमुख उमाकान्त झा, कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्ल पदमुक्त भएका हुन् ।
२०७४ साल माघ ३ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो ।