टुंगियो युवा संघको एकीकरण प्रकृया (नामावलीसहित)

१७ कार्तिक २०७६, आईतवार १३:०५

काठमाडौ, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका जिल्ला कमिटीहरूको एकीकरण प्रकृया टुंग्याएको छ ।

युवा संघको केन्द्रीय कार्यालयमा शनिबार बसेको बैठकले ७७ वटै जिल्ला कमिटीको नेतृत्व टुंगो लगाएको हो ।

बैठकले ७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघलाई ४२ जिल्लामा अध्यक्ष लिने भएको छ । त्यस्तै, माओवादी केन्द्र निकट मानिएको साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्ष पाउने गरी एकता प्रकृया टुङ्ग्याइएको छ ।

यस्तो छ जिल्लागत नेतृत्वः