माछापुच्छ्रे बैंकको संचालकमा हरिभक्त सिग्देल

१६ कार्तिक २०७६, शनिबार ०९:४३

काठमाडौं, माछापुच्छ्रे बैंक लिमिटेडको आगामी बार्षिक साधारण सभा सम्मको लागि संचालक पदमा हरिभक्त सिग्देल नियुक्त हुनु भएको छ ।

यही कार्तिक ८ गते बसेको संचालक समितिको ४०८ औं बैठकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट रिक्त हुन गएको संचालक पदमा हरिभक्त सिग्देललाई आगामी बार्षिक साधारण सभा सम्मको लागि नियुक्त गरेको हो ।

नवनियुक्त संचालक हरिभक्त सिग्देलको सरकारी र प्राईभेट क्षेत्रमा निकै लामो अनुभव रहेको छ ।