सुनको मूल्य शुक्रबार तोलामा ७ सय रुपैयाँ बढ्यो

१५ कार्तिक २०७६, शुक्रबार १४:२५

काठमाण्डौ , सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य शुक्रबार तोलामा ७ सय रुपैयाँले बढेको छ । सुनको मूल्य तोलाको ७१ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनाचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार भने तोलामा ७ सय रुपैयाँ बढेको हो । यस्तै चाँदी शुक्रबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।