प्रधानमन्‍त्रीको स्वास्थ्य अपडेटः प्रचण्ड ग्राण्डी अस्पतालमा

१४ कार्तिक २०७६, बिहीबार १५:१४

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल जानु भएको छ ।

ग्राण्डी पुग्नु भएका प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।

अहिले अस्पतालमा प्रधानमन्त्री ओलीको दोस्रो डायलाइसिस भइरहेको छ।

टाउको दुख्ने र ज्वरो आएपछि प्रधानमन्त्री ओली बुधबार विहान धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना हुनु भएको थियो । उहाँको आईसीयूमा उपचार भइरहेको छ।