महरालाई अदालतमा पेस गरिदैँ, आज थुनछेक बहस

१४ कार्तिक २०७६, बिहीबार ११:३९

काठमाडौं , निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौँमा पेस गरिदैँछ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीका अनुसार निवर्तमान सभामुख महराको बिहीबार थुनछेक बहस सुरु हुँदैछ ।

कानूनका जानकारका अनुसार थुनछेक बहसपछि सम्भवतः बिहीबारै धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्ने छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले बलात्कार प्रयासको आरोप लगाएपछि महरा १९ असोजमा पक्राउ परेका थिए।