अटो र माइक्रो बस एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

१४ कार्तिक २०७६, बिहीबार १०:३४

दाङ , दाङको तुलसीपुरमा अटो र माइक्रो बस एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अन्य ३ जना गम्भीर घाइते भएका छन् ।

नेपालगञ्जबाट तुलसीपुर आउँदै गरेको बा२ख ३९५९ नम्बरको माइक्रो बस र तुलसीपुरबाट जाँदै गरेको रा१ह ३५४९ नम्बरको अटो स्थानीय स्टार बोर्डिङ निजिकै बुधबार बेलुकी अबेर ठोक्किएको प्रहरीले बताएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा तुलसीपुर–१६ की लक्ष्मी चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घटनामा गम्भीर घाइते भएकी मृतककी १७ महिनाकी छोरी आदिसा चौधरी र अर्का व्यक्ति ईश्वरी प्रसाद बस्नेतलाई भारतको लखनउमा उपचारको लागि लगिएको छ । अर्का घाइते प्रविन चौधरीको कोहलपुरमा उपचार भइरहेकोे प्रहरीले जनाएको छ ।