करेन्ट लागेर बालक घाइते

९ कार्तिक २०७६, शनिबार १०:३२

मुगु , करेन्ट लागेर एक जना बालक घाइते भएका छन् । छायानाथ रारा नगरपालिका–५ कार्कीवाडाका १३ वर्षीय बालक निखल बुढा करेन्ट लागि घाइते भएका हुन् । बिहीबार दिउँसो छायानाथ रारा नगरपालिका–४ ताल्चमा ओखरको बोटमा चढेर ओखर झार्ने क्रममा बालकले विद्युत्को तार छोएपछि करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी उपरीक्षक भूवनेश्वरप्रसाद साहले जानकारी दिनु भयो ।

उहाँका अनुसार घाइते बालकको हातको बुढी आँैला र दायाँ खुट्टाको घुडामुनि पुरै जलेको छ । बालकलाई उपचारका लागि जिल्ला स्वास्थ्य सेवा कार्यालयमा ल्याइए पनि उपचार सम्भव नभएको र थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको साहले बताउनु भयो ।