कार्तिक १३ गते सार्वजनिक विदा

७ कार्तिक २०७६, बिहीबार १८:१५

काठमाडौं, सरकारले कार्तिक १३ गते सार्वजनिक विदा दिने भएको छ । गृहमन्त्रालयले कार्तिक १३ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । सो दिन नेवार समुदायको भाइटीका पर्छ । काठमाडौं उपत्यकाका नेवार समुदायले कार्तिक १३ गते सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका थिए ।

मन्त्रिपरिषद बैठकले उक्त दिन विदा दिने निर्णय गरेको हो । यद्यपि, पाञ्चांग निर्णायक समितिका अनुसार तिहारको भाइटीका भने कात्तिक १२ गते परेको छ ।