प्रतिबन्धित नेकपाका नेता गुणराज लोहनी पक्राउ

५ कार्तिक २०७६, मंगलवार ०९:५६

चितवन , नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका नेता गुणराज लोहनी पक्राउ परेका छन् ।

प्रहरीले भरतपुरस्थित उनकै घरबाट मंगलबार लोहनीलाई पक्राउ गरेको हो ।अहिले उनको घरमा प्रहरीले खानतलासी गरिरहेको जनाएको छ ।

विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सदस्य रहेका लोहनीलाई स्वास्थ्य समस्याको कारण देखाउँदैं जिम्मेवारीबाट मुक्त गरेको जनाएको थियो ।पार्टीको आठौं पूर्ण बैठकले उनलाई जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ।