दुई जना कर्मचारी घुससहित पक्राउ

४ कार्तिक २०७६, सोमबार १५:५१

काठमाडौं , मालपोत कार्यालय लेखनाथ कास्कीमा खरिदार प्रकाश पौडेलसहित २ जना घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिदार पौडेल र लेखापढी व्यवसायी मनोहरि भट्टराईले सेवाग्राहीको जग्गा नामसारी गरिदिने बहानामा घुस लिँदै गर्दा पक्राउ गरिएको जनाएको छ।

पोखरा महानगरपालिका २९ मालपोत कार्यालय परिसर नजिकबाट उनीहरुलाई १२ हजार घुस लिइरहेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।