यस्तो छ आजको मौसम पूर्वानुमान

३ कार्तिक २०७६, आईतवार १०:२२

?

काठमाण्डौ , पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भएर चिसो बढेको छ । पश्चिमी वायुको प्रभावले आइतबार देशका पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन बाहिरिएसँगै निरन्तर न्यूनतम तापक्रम घट्दै गइरहेको छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही भूभागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।