
काठमाडौं , चर्चित मोडल रियासा दाहाल र ओबि रायमाझी र साहिल सुनारको अभिनयमा सिंदुर नामक गीत सार्बजनिक भएको छ । शुक्रबार स्रस्टा चन्द्र शर्माले उक्त गीत को सार्बजनिक गर्नु भएको हो । उहाँले गीत अत्यन्तै उत्कृष्ट रहेको र दर्शक को मन जित्ने बताउनु भयो ।
अन्जु पन्त र रोशन सिंहको आबाज रहेको गीत मा शब्द र संगीत पनि रोशन कै रहेको छ, भने भिडियो तर्फ प्रथम खड्का को निर्देशन, नबराज उप्रेतिको छायांकन र शिलन लम्साल को सम्पादन रहेको छ ।
