
काठमाडौं , बेइजिङमा हुन लागेको ‘वान बेल्ट वान रोड’ अन्तर्राष्ट्रिय लोकनृत्य महोत्सवमा सहभागी हुने नेपाली टोली चीन प्रस्थान गरेको छ । संगीतकार शम्भुजीत बाँस्कोटाको नेतृत्वमा १० जना नेपाली कलाकारको टोली बिहीबार चीन गएको हो । उनीहरू बेइजिङमा रहेको बेइजिङ डान्स एकेडेमीको निमन्त्रणामा चीन गएका हुन् ।
बेइजिङ डान्स एकेडेमीको आयोजनामा यही १८ अक्टोबरदेखि २० सम्म ‘वान बेल्ट वान रोड अन्तर्राष्ट्रिय लोकनृत्य महोत्सव’ हुँदैछ ।
