नेपाल चेम्बर अफ कमर्श र भाइब्रेण्ट गोवा फाउण्डेशनबिच समझदारीपत्रमा हस्ताक्षर

३० आश्विन २०७६, बिहीबार १७:५६

काठमाण्डौं, भाइब्रेण्ट गोवा फाउण्डेशनद्धारा भारतको गोवामा आयोजित भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो एण्ड समिट २०१९ माझ नेपाल चेम्बर अफ कमर्श र भाइब्रेण्ट गोवा फाउण्डेशन बिच द्धिपक्षिय व्यापार, लगानी, पर्यटन प्रबद्र्धन एंव आर्थिक सम्बन्ध विस्तार संबन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सको नेतृत्व गर्दै भारत गएको नेपाली प्रतिनिधिमण्डलका प्रमुख तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ र भारतको भाइब्रेण्ट गोवा फाउण्डेशनका तर्फबाट सभापति भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो २०१९ को अवसरमा सम्पन्न सो समझदारी पत्रले आगामी दिनमा द्धिपक्षीय आर्थिक एंव व्यापारिक सम्बन्ध वृद्धि हुने अपेक्षा दुबै पक्षले गरेका छन् ।

साथै, व्यापार लगानी अभिवृद्धि गर्न गोवामा नेपाल डेस्क र नेपालमा गोवा डेस्क राख्ने समेत समझदारी पत्रमा उल्लेख गरिएको छ । हालै हस्ताक्षर गरिएको समझदारी पत्रले दुई मुलुकबीच हुने अन्तरक्रिया, रोड शो, एक्स्पोमा सहभागिता लगायत पर्यटन प्रबद्र्धनमा जोड दिइएको छ ।

सो समझदारीपत्रमा दुई देशका चेम्बर बीच व्यापरीक सूचना, आदान प्रदान, मेला प्रदर्शनीमा दुवै मुलुकमा सहभागिता, पर्यटन प्रबद्र्धन, व्यापारिक÷औद्योगिक प्रतिनिधि मण्डलको आदान प्रदान गरिने कूरा समेत उल्लेख गरिएको छ ।

सो अवसरमा बोल्दै चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल चेम्बरले २०२० को फेबु्रअरीमा आयोजना गर्ने नेपाल चेम्बर एक्स्पोमा सहभागिताको लागि अनुरोध गर्नुका साथै पहाडी मुलुक नेपाल र समुन्द्री सतहसँग जोडिएको गोवा “फ्रम ग्रीन टू ब्लू”बीच पर्यटन प्रबद्र्धन र कनेक्टिभिटीमा जोड दिएकाले नेपाल भ्रमण वर्ष २०२० मा गोवाबाट पर्याप्त पर्यटन भित्रयाउन सकिने संभावनामा जोड दिए ।

त्यसैगरि, भाइब्रेन्ट गोवा फाउण्डेशनका सभापति राजकुमार कामतले उक्त समझदारीपत्रको कार्यान्वयनले अहिले चेम्बरको सहभागिता उल्लेख्य रहेकोले आगामी वर्षहरुमा यसमा अझ बढोत्तरी हुने र आगामी वर्ष नेपालमा हुने एक्स्पो र पर्यटन वर्षमा आफ्नो संस्थाको तर्फबाट सहभागिता र प्रबद्र्धनको लागि महत्वपूर्ण कार्य गरिने विश्वास व्यक्त गरे ।

भारत सरकार र गोवा सरकार समेतको सहभागिता माझ आयोजनामा आएको भाइब्रेण्ट गोवा २०१९ को समुद्घाटन गोवाका मुख्य मन्त्री डा प्रमोद सावन्तले गरेका थिए ।
भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो २०१९ मा भाग लिनका लागि ३८ सदस्यीय नेपाली व्यापारिक प्रतिनिधिमण्डल टोली त्यस तर्फ प्रस्थान गरेको थियो ।

जसमा चेम्बर सदस्य, जिल्ला चेम्बर अफ कमर्सका पदाधिकारीहरु, उद्यमी, व्यवसायीका साथै ५ नंबर प्रदेशका संसद सदस्य भोज प्रसाद श्रेष्ठ र ५ नम्बर प्रदेशका विभिन्न नगरपालिकाका उपमेयरहरु समेत सम्मिलित थिए ।