काठमाडौं , सत्ताधारी नेकपा केन्द्रीय सदस्य झक्कु सुवेदीका छोरा सन्तोष सुवेदी पनि पक्राउ परेका छन् ।
विप्लव नेतृत्वको राप्ती ब्यूरो सदस्य एवं रोल्पा जिल्ला इन्चार्ज सुवेदीलाई प्रहरीले वीरजङ्गसहितको टोलीमा पक्राउ गरेको हो । झक्कु सत्ताधारी नेकपामा भएपनि सन्तोष सुरुदेखि नै विप्लव नेतृत्वको नेकपामा सक्रिय छन् ।