काठमाडौं, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बहादुर बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद काँग्रेसले पाउनुपर्ने बताउनु भएको छ ।
बस्नेतले सभामुख र उपसभामुख पद फरक फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै रिक्त सभामुख पद काँग्रेसले पाउनुपर्ने तर्क गर्नु भएको हो । बलात्कार प्रयासको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिनु भएको थियो ।
बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संविधानमै सभामुख र उपसभामुख पदमध्ये एक पद प्रमुख प्रतिपक्ष दलले पाउने उल्लेख गरिएको दावी पनि गर्नु भयो ।