गैरआवासीय नेपाली संघको विश्व सम्मेलनः मतदानस्थलमा तनाव, अझै सुरु भएन मतदान

२९ आश्विन २०७६, बुधबार १९:५१

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनको मतदान स्थलमा तनाव सृजना भएको छ । साँझ ५ बजे सुरु हुने भनिएको मतदान प्रक्रिया सुरु नभएको भन्दै मतदानस्थलमा तनाव सृजना भएको हो ।

मतदानस्थलमा मतदान प्रक्रिया सुरु नगरिएको भन्दै मतदाताहरुले नाराबाजी गरिरहेका छन् । ३ घण्टादेखि मतदाताहरु लाइनमा बसेपनि अझै मतदान सुरु भएको छैन । मतदानस्थलमा तत्काल मतदान सुरु गर, एनआरएनए मुर्दाबाद लगायतका नाराबाजी भैरहेको छ ।