नेकपाको सचिवालय बैठक शुरू

२९ आश्विन २०७६, बुधबार १०:०८

काठमाडौं , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरू भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरू बैठकमा नयाँ सभामुख कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको नेकपा स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् हेरफेर गर्नेबारे सचिवालय सदस्यहरूसँग छलफल गर्नुका साथै पार्टीको आगामी रणनीति तय गर्ने बुझिएको छ ।