यी हुन् प्रस्तावित १३ सुरुङमार्ग

२८ आश्विन २०७६, मंगलवार १२:०७

काठमाडौं , सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ वटा सुरुङमार्ग अन्डरपासको सम्भाव्यता अध्ययन गर्ने भएको छ । तीमध्ये ८ सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ भने ५ वटाको बाँकी छ । भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालु आर्थिक वर्षमा १२ सुरुङमार्गको अध्ययन गर्ने उल्लेख छ । प्रस्तावित सुरुङमार्ग यस्ता छन् ।

१बुटवल–सिद्धबाबा
२ टोखा–छहरे–गुर्जे भन्ज्याङ
३ कोटेश्वर–जडीबुटी
४खुर्कोट–चियावारी (सिन्धुली)
५कैलाली खुटिया–बीपीनगर–दियायल खण्ड
६थानकोट–चित्लाङ
७गोदावरी (ललितपुर)–मानेचौर (काभ्रे)
८ नयाँ बनेश्वरमा अन्डरपास
९ कुलेखानी–भीमफेदी
१० हेम्जा–नयाँपुल (पोखरा–बागलुङ सडक)
११ दोलखाको लामाबजर
१२ बुटबल–नारायणगढको दाउन्ने खण्ड
१३बेत्रावती–घट्टेखोला (स्याफ्रुबेसी)

यो समाचार कान्तिपुर दैनिकमा छ ।