दाङ , दाङको देउखुरीना अरिङ्गालले टोक्दा एक जनाको मृत्यु भएको छ ।
राप्ती गाउँपालिका ९ जाबुने बस्ने ४० वर्षीय घनश्याम बरालको अरिङ्गालले टोक्दा मृत्यु भएको हो । बनमा घाँस काट्ने क्रममा अरिङ्गालको गोलो भत्किएपछि अरिङ्गालले बराललाई टोकेको थियो ।
अरिङ्गालको टोकाइबाट बिरामी हुनुभएका बरालको उपचारको क्रममा आइतबार राति मृत्यु भएको बताइएको छ ।