रौतहटमा गोली हानी एक युवकको हत्या

२७ आश्विन २०७६, सोमबार १५:०२

रौतहट , एक युवकको इशनाथ नगरपालिकामा आइतबार साँझ गोली हानी हत्या भएको छ । मृतकको सनाखत हुन सकेको छैन । इशनाथ नगरपालिका–६ मा भारतीय सीमाभन्दा एक किलोमिटर भित्र नेपालतिर युवकमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

भारतीय नम्बरको मोटरसाइकलमा राखेर ल्याइएका ती युवकमाथि गोली प्रहार गरी अन्य २ जना पुनः भारततर्फ फर्किएको स्थानीयले बताएका छन् । भारतबाट आएकाहरुले उतैको नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका छ ।

घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।