काठमाडौं , दशैंभोजका लागि बनाइएको अचार खाँदा सुर्खेतको वीरेन्द्रनगरमा ३१ जना बिरामी परेका छन् ।
स्थानीयवासीका अनुसार उनीहरु हिजो बिहान आलु र काँक्राको अचार खाए लगत्तै बिरामी भएका हुन् । मायानर्सिङ होम, बोहरा फार्मेसी र राना मेडिकलमा उनीहरुको उपचार भइरहेको छ । बिरामीमध्ये केही उपचारपछि डिस्चार्ज भइसकेका छन्।
उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार बिरामीहरुमा झाडाबान्ता हुने, रिङ्गटा लाग्ने, ज्वरो आउने, रक्तचाप कम हुने लक्षण देखिएको छ। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।