आज उपत्यकासहित देशका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

२२ आश्विन २०७६, बुधबार १०:१६

काठमाण्डौ , काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा आज दिउँसो मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चट्याङसहित केही ठाउँमा पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनु भयो ।

पश्चिम बंगालको आसपास रहेको न्यूनचापीय क्षेत्रका कारण पूर्वी र मध्य भूभाग तथा पश्चिमी वायुको प्रभावका कारण पश्चिम क्षेत्रमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको हो ।

पूर्वका थोरै ठाउँ र पश्चिम पहाडका एक दुई ठाउँमा आज राति पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।