नेता लक्ष्मण रायमाझीलाई मातृ शोक

२२ आश्विन २०७६, बुधबार ०८:२९

काठमाण्डौं , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता लक्ष्मण रायमाझीलाई मातृ शोक परेको छ । नन्दकला रायमाझीको सांझ ५ः३० बजे ९१ बर्षको उमेरमा असामयीक निधन भएको छ । टिकाको दिन साँझ कपिलवस्तु जिल्ला बाणगंगा ९ चौवाहा निजीनिवासमा निधन भएको हो ।

पार्थीवशरिर निजीनिवास बाणगंगा ९ चौवाहामा श्रद्धाञ्जलीका निम्ति राखिएकोछ । आज बिहान ९ः३० बजे अन्तेष्ठिगरिने पारिवारिक स्रोतले जनाएको छ ।