प्रहरीले थाल्यो महरामाथि अनुसन्धान

१४ आश्विन २०७६, मंगलवार १६:२७

काठमाडौं, कृष्णबहादुर महरामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । एक महिला माथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार महिलाले उजुरी नदिएपनि महिलाको कोठामा भेटिएको प्रमाण नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । पीडित भनिएकी महिला भने अझै प्रहरीको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

आइतबार भएको घटनामा पीडित महिलाले प्रहरीलाई फोन गरेर आफू बलात्कारमा परेको मौखिक जाहेरी दिएकी थिइन् ।

बलात्कारको समाचार सार्वजनिक भएपछि मंगलबार महराले पदबाट राजीनामा दिनु भएको छ । महराले राजीनामा दिएलगत्तै प्रहरीले उहाँमाथिको अनुसन्धान अघि बढाएको हो ।