नेपाली रैथाने खानाको खोजिको लागि सेफ तामाङको १०१ दिने भ्रमण

१३ आश्विन २०७६, सोमबार ११:१८

काठमाडौं, नेपाली मौलिक तथा रैथाने खानाको बिषयमा खोज अनुसन्धान गर्न सेफ प्रेमलाल तमाङले नेपाल भ्रमण गर्ने भएका छन् । तमाङ आश्विन १३ गतेबाट देश दौडाहामा निक्लन लागेका हुन । नेपाली मौलिक खानाको पहिचान गरि उक्त खानाहरुलाई अन्तरराष्ट्रियकरण गर्ने उदेश्य सहित तमाङले नेपाली रैथाने खानाको खोजिको लागि पुर्व मेची देखि पश्चिम महाकाली सम्म १०१ दिन को भ्रमण गर्नेछन् ।

यसै माझ तमाङको सम्मानमा ग्लोबल नेप्लिज सेफ फेडेरेशनले बिदाई गरेको छ । फेडेरेशनका सचिव समेत रहेका तमाङलाई पर्यटन बोर्डमा आज आयोजित कार्यक्रम माझ उनको यात्राको सफलताको कामना गर्दै पर्यटन विभागका महानिर्देशक ढुन्डु राज घिमिरे, विश्व साईकल यात्रि पुस्कर शाह, फेडेरेशनका अध्यक्ष लक्ष्मन प्रसाद भण्डारी एवम् पदाधिकारी, वरिष्ठ सेफ लगायतले बिदाई गरेका थिए ।

सेफ तमाङले नेपाली समाजमा नेपाली मौलिक खानाहरुको सट्टा बिदेशी खानाहरुको प्रयोगमा बढोत्तरी हुँदै गई रहेको प्रति चिन्ता ब्यक्त गर्दै आफुले नेपाली परम्परागत खानाको महत्वलाई आम नेपाली एबम विश्व समुदाय सामु उजागर गर्न नेपाली खानाले स्वास्थ्यमा पार्ने प्रभाव , पोषण आदीको बिषयमा खोज र अन्वेषण गर्ने बताए ।

कार्यक्रम माझ पर्यटन विभागका महानिर्देशक ढुन्डु राज घिमिरेले नेपाली खानाको प्रवद्र्धन गर्ने प्रयासको सर्हाना गर्दै नेपाली मौलिक खानालाई विश्व माझ चिनाउन सेफको ठुलो हात रहने हुँदा हरेक नेपाली सेफले नेपाली मौलिक खानाको विशेषता बारे थाहा पाउन आवश्यक रहेको बताए ।

विश्व साईकल यात्रि पुस्कर शाह नेपाली मौलिक खानाको स्वादलाई विदेशीको जिब्रोमा झुण्डाउन सके त्यसबाट नेपालले ठुलो लाभ लिन सक्ने बताए । त्यस्तै, फेडेरेशनका अध्यक्ष लक्ष्मन प्रसाद भण्डारीले नेपाली खानाको प्रवद्र्धनमा सरकारले यथेष्ट ध्यान दिन नसकेको अौल्याउदै नेपाली खानालाई अन्र्तराष्ट्रियकरण गर्न विलम्ब गर्न नहुने तर्क पेश गरे । कार्यक्रममा सेफ एशोसियसन नेपालका अध्यक्ष श्रीराम अधिकारी, ग्लोबल नेप्लिज सेफ फेडेरेशनका बरिष्ठ उपाध्यक्ष नारायण बहादुर थपलिया र महासचिव मोहन गजुरेलले नेपाली खानाको मह्त्व बारे प्रकाश पार्दै संस्थागत रुपमा सेफ संगठन र सेफहरुले नेपाली खानाको प्रवद्र्धनका निम्ती चाल्दै आएको भूमिकाको चर्चा गरेका थिए ।

सोही कार्यक्रम माझ कुलिनरी क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउदै आएका संघ संस्था, संचार निकाय तथा कर्पोरेट हाउसहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।