चाडपर्व नजिकिँदै जाँदा नाम मात्रको बजार अनुगमन

११ आश्विन २०७६, शनिबार ११:५४

काठमाडौं, बजार अनुगमन समितिले काठमाडौं महानगरपालिका क्षेत्रमा बजार अनुगमनलाई बढावा दिएको छ।

चाडपर्व नजिकिँदै जाँदा उपभोक्ता ठगिने प्रवृत्ति बढेसँगै अनुगमनलाई बढाइएको हो । महानगरक्षेत्रमा भएका चाडपर्व लक्षित अनुगमनका क्रममा विभिन्न नाममा उपभोक्ता ठगिमा परेको पाइएको हो ।

महानगरले कपडा तथा खाद्यान्न पसल, होटल, रेस्टुरेन्ट तथा खाजाघरलगायतको अनुगमन गरेको थियो । चाडपर्वमा मात्र अनुगमन हुने भएकाले यसलाई विश्वास गर्न नसकिने उपभोक्ता बताउँछन् ।

वाणिज्य तथा आपूर्ति विभागका अनुसार हालसम्म १० वटा अनुगमन भएको छ । विभागका सहायक सूचना अधिकारी दीपक पोखरेलका अनुसार १० मध्ये ७ अनुगमनमा त्रुटि भेटिएका छन् ।

समितिले शुक्रबार सुन्धारा क्षेत्रका होटल, रेस्टुरेन्ट तथा खाजा घरको अनुगमन गरेको गर्यो । अनुगमनबाट सरसफाइको कमी रहेको, दर्ता र नवीकरण नभएको, पोसाक, खाद्यवस्तुको गुणस्तरमा कमजोरी रहेको पत्ता लागेको बताइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।