
काठमाडौं , नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा राजधानीमा सुरु भएको छ ।उद्घाटन सत्रमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश कुमार सिलवाल र आईसीसीका प्रतिनिधिलगायत सहभागी छन् । निर्वाचन भोलि हुनेछ । अध्यक्षका लागि दुई पूर्वअध्यक्ष विनयराज पाण्डे र चतुरबहादुर चन्द चुनाबी मैदानमा छन् ।
